लमजुङमा पहिरोले धन्सार भत्किदाँ २ जनाको ज्यान गयो

घाईते दुई जनाको पोखरामा उपचार हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा पहिरोले धन्सार भत्किदाँ २ जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो ।

धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका १ घनपोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

धन्सार भत्किँदा उनीहरू सहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिएका छन् ।

  • १२ श्रावण २०८३, मंगलवार १०:५४ प्रकाशित