काठमाडौं।
सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको ज्यान गएको छ । आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीले जानकारी दिइन् ।
गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा समिति गठन गरेको छ । उपसचिव सुवेदीका अनुसार छानबिन समिति ५ सदस्यीय हुनेछ ।












