काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् ।
‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन । यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन । भदौ २३/२४ गते जुन खालको मार्ने मराउने, आगजनी गराउने, नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोज्यो तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन ।’
उनले तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरिएको आरोप लगाए ।
जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध तरिकाले क्रियाकलाप गरिएको उनको भनाइ छ ।त्यस्तै उनले अहिले लोकतन्त्र खतरामा परेको टिप्पणी पनि गरे । ‘लोकतन्त्र कहाँ छ अहिले रु लोकतन्त्र अपरण भएको छ। लोकतन्त्र वापसी चाहिएको छ,’ उनले भने ।













