रास्वपा सभापति लामिछाने चीन जाने तयारीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।

चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।भ्रमण पाँच दिनको हुने बताइएको छ । भ्रमण टोलीका बाँकी सदस्यको नाम खुलाइएको छैन ।

भ्रमण टोलीमा सरकारी प्रतिनिधि सामेल हुने छैनन् । यसअघि दिल्लीमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेट गर्ने रास्वपा स्रोतले बताएको छ ।

  • ७ श्रावण २०८३, बिहीबार १३:०७ प्रकाशित