बीपीको स्मृतिमा कांग्रेस संस्थापनइतरको छुट्टै सभा

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको संस्थापन इतर समुहले वीपी स्मृति दिवसको अवसरमा छुट्टै सभा गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रमका लागि समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो ।

कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उनीहरूले कार्यक्रमको उद्घाटन गरेपछि बिरुवामा पानी पनि हालेका थिए । समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।

  • ६ श्रावण २०८३, बुधबार १४:२९ प्रकाशित