काठमाडौं ।
बुधबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ४८० रुपैयाँ कायम भएको छ ।













