मानव सहायता कल्याण कोष स्थापना गर्ने कांग्रेसको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अबसर पारेर आज (बुधबार) कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको हो ।

कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने बताए । उनले कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि जानकारी दिए ।

कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी दिइने उनले बताए ।

कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रम घोषणा गर्दैछ।

  • ६ श्रावण २०८३, बुधबार ११:१४ प्रकाशित