बझाङ ।
बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ ।
बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन ।













