काठमाडौंमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा बस्दै आएका थिए । मृतकका परिवारले उनको सनाखत गरेका छन् ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा।५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रण यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

  • ५ श्रावण २०८३, मंगलवार १७:१३ प्रकाशित