काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना देखिएको उनले बताए । उनले वर्षा हुने क्रम चाहिँ हिजो–अस्ति भन्दा भोलि र पर्सी अलिकति कम हुने जस्तो देखिएको बताए ।
प्रभावमा आधारित रहेर पनि मौसम पूर्वानुमान गर्ने गरिएको भन्दै उनले जल तथा मौसम विज्ञान विभागले समय समयमा निरन्तर जानकारी गराइरहेको उल्लेख गरे ।













