पर्वतको बन्जीसाइड भिरबाट हाम फालेका पुरुषको शव निकालियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजा साँझ पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। २५ चण्डिका गण पर्वतको टोली खटिएको थियो ।

खोजी गर्ने क्रममा सशस्त्रको टोलीले मंगलबार बिहान उनको शव फेला पारेको हो ।सशस्त्रको टोलीले उनको शव करिब १ सय ३० मिटर तल भिरबाट निकालेको थियो ।

उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको छ ।

  • ५ श्रावण २०८३, मंगलवार १३:४६ प्रकाशित