संसदीय सुनुवाइ समिति बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ ।

समितिका सचिवसमेत रहेका राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको र बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ गर्ने कार्यसूची तय भएको जानकारी दिए ।

संसदीय सुनुवाइ समिति सचिवालयले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो । १० दिनको समय राखेर आह्वान गरिएको उजुरीको समय आइतबार सकिएको थियो । तर, आइतबार बिदा रहेकाले उजुरी सोमबार साँझ ५ बजेसम्म लिइने र त्यसपछि खोलिने सचिव कँडेलले जानकारी दिए ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार समेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

त्यही बैठकले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डा।राजीव सुब्बा र गुरु वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीनै जना विरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो ।

  • ४ श्रावण २०८३, सोमबार १४:३० प्रकाशित