अहिलेको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन छ : ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको बताएका हुन् ।

‘अहिले परिभाषविहिन, दिशाविहीन, थितिविहीन राजनीति चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन् तर अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या हिंसा, तोडफोड, कब्जा आगजनीको आधारबाट बनेको हो ।’

  • ३ श्रावण २०८३, आईतवार १७:१६ प्रकाशित