टेकुमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजधानीको टेकुमा गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ श्रावण २०८३, आईतवार १६:१९ प्रकाशित