पोखरा ।
पोखराको मुख्य चोकसहित ११ स्थानमा ठूलो पर्दामार्फत विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हुने भएको छ ।
पोखरा महानगरपालिकाको पहलमा पृथ्वीचोक, हल्लनचोक लगायत पोखराका ११ स्थानमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारण हुने भएको हो ।
विश्वकपको उपाधिको लागि आज अर्जेन्टिना र स्पेन बिच खेल हुने भएको छ । खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा खेल सुरु हुने छ ।
पोखरा महागरपालिका, जिल्ला प्रशासन कार्यालय, परिचय एडर्भटाइजिङ र एस.के साउन्डको सहकार्यमा पोखराको पृथ्वीचोकमा रहेको एलइडी बोर्डमा हुने लाइभ स्क्रिनिङ पानी परेपनि नरोकिने भएको छ ।
वर्षाको समय भएकाले पृथ्वीचोकमा टेन्ट राखेर खेल देखाउने तयारी गरिएको परिचय एडर्भटाइजिङ कम्पनीका सञ्चालक सोभित बस्यालले जानकारी दिए ।













