हङकङमा रहेका देउवा बाथरुममा लड्दा घाइते, दायाँ हात भाँचियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँच्चिएको छ ।

पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको बताइएको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।

उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

  • १ श्रावण २०८३, शुक्रबार १४:३६ प्रकाशित