काठमाडौं ।
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दैछ । पार्टीभित्रको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केहीबेरमा बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
साउन ६ गतेका लागि तय भएको वीपी स्मृति दिवसको प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेता विश्वकर्माले बताएका छन् ।












