कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो । राति दुवै जना उपचारपछि घर फर्किएका थिए तर घर फर्किएपछि पारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पारुको मृत्युपछि उनका श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

उनका अनुसार रनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ ।

  • ३२ असार २०८३, बिहीबार १२:१३ प्रकाशित