नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वमन्त्री रायमाझीलाई ४ र खाँडलाई २ वर्ष जेल, अरुलाई कति ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई जेल सजाय निर्धारण गरेको छ । रायमाझीलाई ४ वर्ष र खाँडलाई दुई वर्ष जेल सजाय तोकिएको हो ।

यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

यो प्रकरणमा पूर्वमन्त्री खाँड र रायमाझीसहित पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।

अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन् ।

३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन् । अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो ।

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ ।

कसलाई कति सजाय हेर्नुहोस् 

१.टेक नारायण रिजाल – दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना ।

२.केशव प्रसाद दुलाल – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

३.सानु भण्डारी – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

४.सागर राई – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

५. मनोज शर्मा – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।

६. डा. इन्द्रजित राई – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।

७.विक्रम भन्ने गोविन्द कुमार चौधरी – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

८.आइडेन्टा शेर्पा – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

९.टेक नारायण पाण्डे – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

१०.टोप बहादुर रायमाझी – चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना ।

११.बालकृष्ण खाँण – दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना ।

१२.नरेन्द्र केसी – एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ।

१३.शम्भु मिश्र – एक वर्ष कैद र १०हजार रुपैयाँ जरिवाना ।

१४.हरिभक्त महर्जन – एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ।

१५.निरञ्जन कुमार श्रेष्ठ – एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ।

 

 

  • ३० असार २०८३, मंगलवार २२:१४ प्रकाशित