राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ रहेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यी तीनै विधेयकहरू मंगलबार प्रमाणीकरण गरिएका हुन् ।

संसद्का दुवै सदनको बैठकबाट पारित भई आएका यी विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब औपचारिक रूपमा कार्यान्वयनको प्रक्रियामा जानेछन् ।

  • ३० असार २०८३, मंगलवार १७:०३ प्रकाशित