काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् ।
गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ ।













