घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

कालिकोट ।

कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको छ । ज्यान गुमाउनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउद रहेका छन् ।

सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार, सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए ।

एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

  • २९ असार २०८३, सोमबार १५:४६ प्रकाशित