काठमाडौं ।
पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए ।
पोखरेलका एक छोरा र तीन छोरी छन् ।












