आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए ।

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा ज्यान गएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो ।

  • २९ असार २०८३, सोमबार १२:०३ प्रकाशित