दोलखामा पहिरोमा परी ४ महिने शिशुको ज्यान गुम्यो, आमा घाइते

केन्द्रभाग मिडिया

काभ्रेपलाञ्चोक ।

दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको ज्यान गुमेको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।
गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको ज्यान गएको र उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिएका छन् ।

भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरु बोलेरो गाडी चढेर घर फर्किरहेका थिए । सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरु परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएको मा अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको बताइएको छ ।

  • २९ असार २०८३, सोमबार ११:४३ प्रकाशित