आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई कांग्रेस नेता मोहन बस्नेतले गरे एक लाख सहयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् ।

बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाई दिने घोषणा पनि गरेका छन् ।गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले उनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

  • २८ असार २०८३, आईतवार १६:१९ प्रकाशित