स्विट्जरयान्डलाई ३-१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

साविक विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलको सुरुवातमै म्याक एलिस्टरको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । ६७ औं मिनेटमा डान एन्डोएले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ११२ औं मिनेटमा युलियन अल्भारेज र इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए । अब अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ ।

  • २८ असार २०८३, आईतवार ०९:५७ प्रकाशित