स्याङ्जामा निर्दयी व्यवहार गरि पशुचौपाया ढुवानी गर्ने एक पक्राउ

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जामा निर्दयी व्यवहार गरि पशुचौपाया ढुवानी गर्ने एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज उप महानगरपालिका वडा नम्बर ३२ का ४२ वर्षीय अब्दुल रहीम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

गल्याङबाट काठमाडौं जाँदै गरेकोे २–०३००१ ख ६३४१ नम्बरको ट्रकमा २० भैसी तथा पाडोलाई मापदण्ड विपरित निर्दयी व्यवहार गरी ढुवानी गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रमेश दत्त अवस्थीले बताए ।

पक्राउ परेका अन्सारीलाई पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको अवस्थीले जनाए ।

  • २६ असार २०८३, शुक्रबार १६:३५ प्रकाशित