एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

  • २५ असार २०८३, बिहीबार १३:५५ प्रकाशित