काठमाडौं।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ८ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन्।
उनले मङ्गलबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त गरेका हुन् ।
सदस्यमा नियुक्त हुनेहरूमा प्रकाश पन्थ (केन्द्रीय सदस्य, नेपाली कांग्रेस एवं पूर्व केन्द्रीय अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ), डा. प्रेमध्वज लामा(अल्पसंख्यक ह्योल्मो समुदाय उपर विद्यावारिधि), विज्ञान प्रसाईं (दुई दशक बेलायत बसेर फर्किएका युवा ‘पब्लिक पोलिसी’ मा स्नातकोत्तर, पूर्व संयोजक, नेपाली जनसम्पर्क समिति बेलायत, रेशम गुरुङ (पूर्व कार्यकारी अध्यक्ष, आदिवासी जनजाति प्रतिष्ठान) रहेका छन्।
त्यस्तै सिताराम काफ्ले(कृषि अभियन्ता, अध्यक्ष –मुक्तिनाथ कृषि कम्पनी),प्रतीक्षा चापागाईं(‘एलजिबिटिक्युआइए’ प्रतिनिधित्व, अंग्रेजी साहित्यमा स्नातकोत्तर), मोहन गजुरेल(मास कम्युनिकेसनमा स्नातकोत्तर)र अनुपा श्रेष्ठ(मास कम्युनिकेसन र पत्रकारितामा स्नातकोत्तर) लाई सदस्यमा नियुक्त गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।













