नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थमन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको अर्थमन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए । तर कारणबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ । लम्साल नेप्सेका अध्यक्ष पनि हुन् ।

सरकारले राजनीतिक नियुक्ति खाएका व्यक्तिहरूलाई बर्खास्त गर्न अध्यादेश ल्याएको थियो । यद्यपि त्यसमा वित्तीय क्षेत्रका संस्थाहरूका नियूक्ति बर्खास्त परेको थिएन ।

तर पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका थिए । अघिल्लो सरकारमा नियुक्ति खाएको हुनाले चापागाईंले मार्गप्रशस्त गरेको हुनसक्ने नेप्सेका अधिकारीहरूको अनुमान छ ।

  • २२ असार २०८३, सोमबार १७:२९ प्रकाशित