उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

आज १५ असार अर्थात राष्ट्रिय धान दिवस ।

१५ असारको दिन आज देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् ।उपसभामुख हुनुअघि उनी आफ्नै खेतबारीमा काम गर्थिन् । उनको बुबाआमा किसान हुन् ।

  • १५ असार २०८३, सोमबार १४:५८ प्रकाशित