काठमाडौं पेप्सीकोलामा आगलागी, डेढ करोड बढीको क्षति

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।

उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

  • १५ असार २०८३, सोमबार १३:०६ प्रकाशित