काठमाडौं ।
शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ६४० रुपैयाँ थियो ।











