भरतपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।
सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न भएको हो । गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको हो ।
निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अवको २ घण्टाभित्र परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
अव दोस्रो चरणमा पदाधिकारीको लागि मतदान हुनेछ ।












