काठमाडौं ।
पूर्वमनन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन्।
शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको उल्लेख गरेका छन्।
‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,’उनले फेसबुकमा लेखेका छन्।
साथै, उनले आफ्नो भनाइसँग असम्बन्धित विषय जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्। ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु,’ शर्माले भनेका छन्।
तत्कालीन माओवादी केन्द्र परित्याग गरेर हाल शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक छन् ।













