खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा

केन्द्रभाग मिडिया

काठमाडौं।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेललगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो । खरेलको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

उनको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।

  • ८ असार २०८३, सोमबार ११:४८ प्रकाशित