रास्वपालाई जिम्मेवारी र बाचा नर्बिसन डा. सीके राउतको आग्रह

केन्द्रभाग मिडिया

चितवन ।

जनमत पार्टीका अध्यक्ष डा‍.सीके राउतले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले देश बनाउने उत्कट चाहाना भएकाले आफू शुभकामना दिन उपस्थित हुन आएको भन्दै यो केवल महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव भएको बताए ।

‘यो महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव हो’, उनले भने, ‘मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको कारण पनि म यहाँ उपस्थित भएको छु ।’ उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन सुझाव दिए । प्रधानमन्त्री बालेन शाहप्रति नेपाली जनताको ठुलो भरोसा राखेको भन्दै जनतालाई हृदयमा राखेर काम गर्न तथा सुझाव दिए । साथै उनले सभापति रवि लामिछानेको त्याग र तपस्याको खुलेर प्रशंसा गरे । अध्यक्ष राउतले सभापति लामिछाने र आफू एकै पटक संसदमा निर्वाचित भएको स्मरण गर्दै उनले चार वर्षमा रास्वपालाई जनताले दिएको झन्डै दुई तिहाइ बहुमत जनताको विश्वास रहेकाले जिम्मेवारी नबिर्सन आग्रह गरे ।

‘सङ्घीयतालाई बल्गर बनाउने जुन उद्घोष गर्नुभएको थियो, त्यो बाचा पुरा गर्नुस्’, उनले भने, ‘यदि हामी वाचा पुरा गरेनौ भने जनता र हावामा समानता छ । यो कसैको पनि हुँदैन ।’

  • ७ असार २०८३, आईतवार १७:०१ प्रकाशित