रास्वपा महाधिवेशन स्थलमा डीडीसीको स्टल

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।

महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतले जानकारी दिए ।

डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको हो ।

यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले डीडीसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएको थियो । त्यसको केही दिनमै मन्त्रिपरिषद् बैठकमा सहभागी सदस्यहरूको अगाडि डीडीसीका उत्पादनका प्याकेट सहितको तस्बिर सार्वजनिक भएको थियो ।

कम्पनी ऐन अन्तर्गत २०२१ सालमा स्थापना गरिएको दुग्ध विकास संस्थान ९डीडीसी० पूर्ण रूपमा सरकारको स्वामित्वमा रहेको संस्था हो । यसले किसानहरुबाट उत्पादित दूध खरिद गरी दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा, लगायतका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

  • ७ असार २०८३, आईतवार ११:१७ प्रकाशित