परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रियाबाट हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ ।

गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

  • ५ असार २०८३, शुक्रबार १३:५० प्रकाशित