काठमाडौं ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको छलफल दिँदै विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने बताएका हुन् ।
‘शिक्षा क्षेत्र सुधार गर्न सबै काममा बजेट आवश्यक पनि हुँदैन । बजेट विनियोजन कम भएकै कारणले शिक्षा सुधार हुँदैन भन्न मिल्दैन,’ उनले भने ।
उनले शिक्षकको तालिम, तलब चालु खर्चमा जाने भएकोले पुँजीगत विनियोजन कम भएको स्पष्ट पारे । सबै माध्यमिक विद्यालय स्मार्टबोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको उनले बताए ।
विद्यालय शिक्षा स्थानीय सरकारको मुख्य जिम्मेवार भएकोले स्थानीय सरकारले पनि उल्लेख्य लगानी हुनुपर्ने पोखरेलले बताएका हुन् ।












