काठमाडौं ।
रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
‘मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ । त्यर्सैले सभामुख महोदयमार्फत गोर्खा जिल्ला लगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस्,’ उनले भनिन् ।
खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको उनको गुनासो थियो ।
सांसद खनालले रसायनिक मलको वितरण पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइन् ।












