पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास आमनागरिकका लागि ३ घण्टा खुला

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव निर्मल निवासमा मनाउने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा असार २३ गते शाहको जन्मोत्सव निर्मल निवासमा मनाउने जनाएका छन् ।

‘जनचाहाना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ’, पाठकले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘सबै शुभेच्छुक, जनसमुदाय, सङ्घसंस्था, तथा आम नागरिकहरूका निम्ति असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ ।’

  • ३ असार २०८३, बुधबार १२:३३ प्रकाशित