प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति बिना सो मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि बैठक स्थगन गरिएको हो । रासस

  • २ असार २०८३, मंगलवार १४:१२ प्रकाशित