काठमाडौं ।
फिफा विश्वकम-२०२६ अन्तर्गत गएराति भएको खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन् । जापानले नेद्ल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो ।
अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार मध्यराति भएको समूह ‘एफ’ को खेलमा तुलनात्मक रुपमा बलियो मानिएको नेदरल्यान्ड्सलाई जापानले बराबरीमा रोकेको हो ।
पहिलो हाफमा नेदरल्यान्ड्सले धेरैजसो बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । दोस्रो हाफलको ५१ औँ मिनेटमा भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले अग्रता लियो।
त्यसको ६ मिनेटपछि नै जापानले खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । लगत्तै ६४ औं मिनेटमा क्रिसिएनसिओ समरभिलले आफ्नो टिमको लागि गोल गर्दै नेदरल्यान्ड्सलाई २( १ को अवस्थामा पुर्याए।
दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल पुनः २–२ को बराबरीमा ल्याएको थियो। त्यसपछि खेलमा दुवैतर्फबाट कुनै गोल हुन सकेन ।
नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल खेलेको छ। तर सबै खेलमा उपविजेतामै चित्त बुझाएको छ । सन् १९९८ मा जापानले पहिलो पटक विश्वकप खेलेको थियो । त्यसयता सबै विश्वकपमा जापान सहभागी हुँदै आएको छ ।
फिफा वरीयतामा जापान १८औंस्थानमा छ । नेदरल्यान्ड्स भने ८ औं स्थानमा छ ।












