कश्मीरमा विरोध प्रदर्शन : झडपमा परी ज्यान गुमाउनेको संख्या २० पुग्यो

केन्द्रभाग मिडिया

कश्मीर ।

कश्मीरमा विरोध प्रदर्शन भएको छ । प्रर्दशनमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरू बिचको झडपमा परि ज्यान गुमाउनेको संख्या २० जना पुगेको एएफपीले जनाएको छ ।

आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकहरूले गत हप्ता आतङ्कवाद विरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ ।

यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको अधिकारीहरूलाई उल्लखे गर्दै एएफपीले जनाएको छ । स्थानीय सरकारका शिक्षा मन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सात जनाको ज्यान गएको बताएको एएफपीले जनाएको छ ।

रावलकोट सहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको ज्यान गएको बताएका छन् । मिरपुर सहरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालले बुधबार प्रहरीसँग भएको झडपमा एक जना प्रदर्शनकारीको ज्यान गएको बताएका छन् ।

मुख्य सहर मुजफ्फराबादका धेरै पसलहरू यस हप्ता जेएएसीले व्यवसायहरू बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सिमीत गरिएको जनाइएको छ ।

जेएएसीका सदस्यहरूले आर्थिक र राजनीतिक अधिकारका लागि प्रदर्शन गरिरहेको भन्दै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा “दमन“ गरेकोमा निन्दा गरेका छन् ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १७:०० प्रकाशित