इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण

केन्द्रभाग मिडिया

तेहरान ।

इरान र इजरायलले पछिल्लो दिनहरूमा भएको सैन्य तनावपछि एक–अर्कामाथि आक्रमण रोकेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यो घोषणा आएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टेलिभिजन सम्बोधनमार्फत हाललाई देशले आक्रमण रोकिरहेको बताए । तर इरान र लेबनानस्थित हिजबुल्लाहसँगको संघर्ष अझै समाप्त नभएको उनले स्पष्ट पारे ।

इजरायली सञ्चारमाध्यमका अनुसार इजरायलले ट्रम्पको आग्रहपछि इरानमाथिका केही सैन्य कारबाही रोकेका हुन् । यद्यपि इजरायलका रक्षा मन्त्रीले लेबनानमा हिजबुल्लाहमाथि कारबाही जारी रहने सङ्केत दिएका छन् । इरानी सशस्त्र बलले पनि इजरायलमाथि कठोर जवाफ दिएपछि हालका लागि कारबाही रोकिएको जनाएको छ । इरानले भविष्यमा आक्रमण भएमा कडा कदम चाल्ने चेतावनी दिएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेश्कियनले सामाजिक सञ्जाल एक्समामा कुनै पनि धम्कीको अगाडि पछि नहट्ने बताएका छन् । ट्रम्पले भने इजरायल र इरानबीच तत्काल युद्धविरामतर्फ अघि बढिरहेको र स्थिति छिट्टै सामान्य हुने आशा व्यक्त गरेका छन् । एजेन्सी

  • २६ जेष्ठ २०८३, मंगलवार १४:३९ प्रकाशित