अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेता शाहीले यस्तो बताएका हुन् । उनले भने(‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ ।’

उनले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गरे । त्यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।

  • २५ जेष्ठ २०८३, सोमबार १४:२९ प्रकाशित