सुदूरपश्चिम सरकारमा मन्त्री फेर्न कांग्रेस एमाले छलफलमा

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले मन्त्री हेरफेरको तयारी गरेसँगै एमाले पनि आफ्ना मन्त्री फेर्ने कसरतमा जुटेको छ ।

सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षमा एमाले संसदीय दलको बैठक बसिरहेको छ । सो बैठकमा एमालेबाट सरकारमा सामेल भएकाहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनेबारे छलफल चलेको बताइएको छ ।

कांग्रेसले पनि संसदीय दलको बैठकमै मन्त्री हेरफेरबारे छलफल गरिरहेको छ । सुदूरपश्चिम सरकारमा कांग्रेस र एमालेबिचको गठबन्धनका आधारमा सरकार बनेको छ । सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् । भागबन्डाका आधारमा एमालेले विभिन्न मन्त्रालय लिएर सत्ता साझेदार दलको भूमिका निर्वाह गरिरहेको छ ।

सत्तारुढ दुवै दलमा मन्त्री फेर्ने गृहकार्य चलेको हो । मुख्यमन्त्री कायम राखेर बाँकी मन्त्री फेर्ने गरी गृहकार्य चले पनि ठोस निर्णय आउन बाँकी छ ।

  • २४ जेष्ठ २०८३, आईतवार १७:१६ प्रकाशित