रास्वपा पर्वतमा जलबहादुर पुन निर्वाचित

केन्द्रभाग मिडिया

पर्वत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन्।

दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिए । यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित भए ।

अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सागर भुसालले जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागी थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन यसअघि भइसकेको छ । रासस

  • २४ जेष्ठ २०८३, आईतवार ११:२८ प्रकाशित